कोरोनाले आरआरआर पोष्टपोन्ड होला त ?

291

काठमाडौं–बलिउडका लागि सुखद् बनिरहेको बक्स अफिसमा केही झट्का लागेको छ । दुई सय करोड भारुमा तयार भएको चलचित्र ८३ बक्स अफिसमा फ्लप भयो ।
सूर्यवंशी,स्पाइडर म्यान र पुष्पाले उकासेको बक्स अफिसलाई अब कुन चलचित्रले निरन्तरता देला बन्ने अड्कलकाजी पनि चलिरहेका छन् । तर, यही बीचमा कोरोना महामारीको नया“ भेरियण्ट ओमिक्रोन फैलिएपछि भारतको दिल्लीमा सिनेमा हलहरु बन्द गरिएका छन् । जसकारण चलचित्र जर्सीको डिसेम्बर ३१ मा रिलिज डेट पोष्टपोन्ड भइसकेको छ ।
अब सबैको नजर जनवरी ७ मा रिलिज हुन लागेको बहुप्रतीक्षित साउथ इण्डियन चलचित्र आरआरआरमा छ । करिब ४ सय करोड भारु बजेटमा बनेको यो चलचित्रका लागि दिल्ली सरकारको निर्णय अप्रिय बन्ने निश्चित छ । अर्कोतिर भारतका अधिकांश राज्यमा ५० प्रतिशत अकुपेन्सीमा मात्र सिनेमा हल सञ्चालन गर्न पाइने नियम छ । यसले पनि आरआरआरको बक्स अफिसलाई प्रभावित बनाउनेछ ।
तर, भारतका ट्रेड पण्डितहरुले जनवरी ७ बाट चलचित्रलाई पछि सार्ने योजना निर्देशक एसएस राजमौलीको नरहेको उल्लेख गरेका छन् ।
ट्रेड विश्लेषक तरण आदर्शले चलचित्र जनवरी ७ बाट पोष्टपोन्ड नहुने उल्लेख गरेका छन् । रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट अभिनित यो चलचित्रले बक्स अफिसमा तहल्का मच्चाउने विश्लेषण गरिएको छ । यसैले यतिबेला सबैको नजर आरआरआरका मेकरमाथि छ ।