https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
अहम्दावाद–भारतको गुजरातमा सम्पनन अन्तरष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक हात पारेको छ । सो प्रतियोतिामा नेपालबाट प्रदेश २ प्रदेश १ र प्रदेश ३ का खेलाडीहरुको सहभागिता रहेको थियो । दिर्ग बहादुर लामा , बब्लु राईन ,प्रीन्स साह , हासिम मन्सुरी ,अनिस मण्डल , निसान खाती ,भुबन कट्टेल , भोपाल लामिछाने स्वर्ण पदक हात पारेका हुन । प्रतियोगितामा बिकास साह ,शिभम शाक्य ,आकास मण्डल , सुमन राई ,महेश यादबले कास्य पदक हात पारेका छन् । सो प्रतियोगितामा सुरेन्द्र श्रेष्ठको नेतृत्वमा टोली गुजरातको अहम्दावादमा गएको थियो ।