वृद्धा भत्ता नदिएको भन्र्दै चक्काजाम

329

गरुडा–रौतहटको गरुडामा वृद्ध ,वृद्धाहरुले चक्काजाम गरेका छन् ।
गत साउन महिना देखिको वृद्धा भत्ता उपलब्ध नगराएको भन्दै चक्काजाम गरेका हुन् ।
जाडो समय सुरु भए संगै वृद्ध वृद्धाहरु बढी प्रभावित हुने गरेका छन् । भत्ताको रकम आउला र न्यानो लत्ता कपडा किनेर लगाउला भन्ने आश गरेर बसिरहेका छन् । जनप्रतिनिधि तथा कर्मचारीहरुको लापरवाहीका कारण समयमा भत्ता पाउनबाट बन्चित हुदै आएका छन् । रौतहटका विभिन्न स्थानिय तहले समयमा वृद्ध तथा पोषण भत्ता वितरण नगर्दा उनीहरु सास्थी खेप्न बाध्य भएका छन् । यस तर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरि रहेको उनीहरु बताउछन ।