एजेन्सी–शुक्रबारबाट विश्व बजारमा रिलिज भएको दक्षिण भारतीय (साउथ) चलचित्र पुष्पाले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो चलचित्रले भारतस“गै नेपालमा पनि बम्पर कारोबार गरिरहेको छ । साउथ चलचित्रलाई युट्युबमा रुचाइरहेका दर्शकले हलमै गएर यसको मज्जा लिन पाएपछि नेपाली वितरकलाई त मालामाल नै भयो । यो चलचित्र तीन घण्टा लामो छ ।
चलचित्रको करिब डेढ घण्टापछि मध्यान्तर आउछ । मध्यान्तरपछि फेरि चलचित्र आफ्नै सुरमा बगिरहेको हुन्छ । चलचित्रको क्लाइमेक्समा के होला भन्ने अपेक्षा गरिरहेका दर्शकले, सेकेण्ड इन्टरभल भनेर आएपछि भने अचम्म मान्छन् । किनकि, सेकेण्ड इन्टरभल भन्नुको अर्थ, फेरि ब्रेकपछि चलचित्र अगाडि बढ्छ भन्न खोजिएको होइन । दर्शकले यो चलचित्रको सिक्वेल हेर्नका लागि केही वर्ष प्रतीक्षा गर्नुपर्छ भन्न खोजिएको हो ।
चलचित्र हेर्दाहेर्दै दर्शकले सकिएको थाहा नै पाउदैनन् । कारण पुष्पाको पहिलो सिरिज मात्र हेरेर अब दर्शकलाई पुग्दैन, दोस्रो सिरिजका लागि पनि टिकट काट्नुपर्ने हुन्छ । पुष्पा साउथको पहिलो चलचित्र भने होइन, जसले दर्शकलाई सिक्वेलका लागि प्रतीक्षा गराएको छ । चलचित्र बाहुबली पनि हेर्दाहेर्दै सकिएको थियो । कारण, बाहुबलीलाई कटप्पाले किन मारे भन्ने प्रश्नका लागि दोस्रो सिरिज हेर्न दर्शकलाई यो चलचित्रले बाध्य बनाएको थियो । दोस्रो सिरिजले भारतमा मात्र १५ सय करोड भारु भन्दा बढी कमाएको थियो । यसले पनि के हुन्छ भन्ने दर्शकलाई सिक्वेलका लागि प्रतीक्षा गराउन सकेको खण्डमा निर्मातालाई मालामाल हुन्छ भन्ने साउथका निर्माताले बुझिसकेका छन् । चलचित्र केजीएफ हेर्न पुगेका दर्शकलाई पनि बाहुबली र पुष्पाको जस्तै आभास गराएको थियो । यो चलचित्रको कथा पनि सिक्वेलका लागि थाती राख्दै सकाइएको छ ।
जसले गर्दा यो चलचित्रको सिक्वेलको क्रेज विश्व बजारमा निक्कै छ । केजीएफ २ले चलचित्रले बम्पर कमाइ गर्ने विश्लेषण गरिएको छ । चलचित्र बाहुबलीले भन्दा बाहुबली २ ले आक्रामक कमाइ ग¥यो । केजीएफ २ को व्यापार पनि केजीएफको भन्दा धेरै गुणा बढी हुने पक्का छ । पुष्पाले पनि सेकेण्ड इन्टरभल भन्दै दर्शकलाई कौतूहलता छाडेको छ ।
हुन त, यस्तो ट्रेण्ड बलिउड र साउथमा नभएका होइनन् । तर, यी तीन चलचित्रले बनाएको हाइप अरुको तुलनामा धेरै माथि छ ।