यो मुटु त तिम्रै हो बोलको गित सार्वजनिक

163

एजेन्सी–बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार दस बर्ष पछि युवा गायकको रुपमा आफ्नो नया“ गीत यो मुटु त तिम्रै हो म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् ।
यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रिया रानी लामाको अभिनय रहेको छ । मोडल तथा कोरियोग्राफरको रुपमा चर्चित प्रियारानी लामा अहिले म्युजिक भिडियोमा समेत आफुलाई सक्रिय बनाउदै छिन् ।
म्युजिक भिडियोमा प्रियारानी लामाको नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ ।राजेश थापाको संगीत र बिष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छाया“कार सागर प्रधान, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन् ।