अक्षयले सारासंग रोमान्स गर्ने ?

413
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

एजेन्सी–फिल्म अतरंगी रे को ट्रेलर चर्चामा आएको छ । २४ नोभेम्बरमा रिलिज भएको यो ट्रेलरले हंगामा मच्चाएको छ । सोसल मिडियामा यो ट्रेलर भाइरल भइरहेको छ । थुप्रै प्रयोगकर्ताले यसलाई रुचाइरहेका छन् ।कतिले भने यो पुरानो कहानीमा आधारित भएको बताइरहेका छन् । यस्तै, कतिले भने अक्षय कुमार, धनुष र सारा अली खानबीचको उमेर भिन्नताको विषयमा प्रश्न उठाइरहेका छन् । अब यसबारे निर्देशक आनन्द एल रायले कुराकानी गरेका छन् ।
अतंरगी रे मा २६ वर्षकी सारा, ५४ वर्षका अक्षय र ३८ वर्षका धनुषस“ग देखिनेछिन् ।
यस्तोमा मानिसहरुले एक हिरोइन र उनका दुई हिरोबीच उमेरको अन्तर निकै नै धेरै भएको बताइरहेका छन् । अब एक अन्तरवार्तामा आनन्द एल रायले यसबारे जवाफ दिएका छन् ।
उनले भने, अतरंगीको अर्थ हो रोचक तरिकाले अचम्मको हुनु । यदि एक फिल्म निर्माताले कुनै फिल्म बनाउन थोरै धैर्य गर्छ भने उनलाई पनि आशा हुन्छ कि दर्शकले उनको फिल्म हेर्नेछन् र पूर्ण रुपमा बुझ्नेछन् कि यो कास्टको प्रयोग किन गरिएको छ । हाम्रो हरेक कुरामा मानिसहरुलाई जज गर्ने बानी छ । म चाहन्छु कि मानिसहरुले सुरुमा यो फिल्म हेरुन् र त्यसपछि मात्रै प्रतिक्रिया दिउन् ।
आनन्द एल रायले थपे,म फिल्मनिर्माताको रुपमा चिन्तित छैन ।म यहा फर्मूलायुक्त फिल्म बनाउन आएको होइन । यदि मैले केही गल्ती गर्छु भने मैले आलोचना झेल्नुपर्नेछ । ती व्यक्ति जसले सिनेमा बनाउनमा निकै मिहिनेत गर्छन् । हरेक सफलतास“गै के सही छ भनेर म सिक्ने गर्छु । हरेक असफलताले मलाई कहा“ गल्ती भयो भनेर सिकाउछ ।
अतरंगी रेको कुरा गर्ने हो भने यसमा सारा अली खानको नाम रिंकू सूर्यवंशी छ । रिकूको विवाह जबरजस्ती धनुषका पात्र विशुस“ग हुन्छ । यस्तै अक्षय कुमार एक जादुगरको भूमिका निभाइरहेका छन् जसको चक्कर रिंकूसँग छ । अक्षय कुमार र सारा अली खान पहिलो पटक आनन्द एल रायसँग काम गरिरहेका छन् । धनुषले आनन्दको फिल्म रांझणा बाट आफ्नो बलिउड डेब्यु गरेका थिए ।अतरंगी रे २४ डिसेम्बरमा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।