मध्यतराई क्लष्टरमा आबद्ध साकोसहरुबीच सिकाई कार्यशाला सम्पन्न

374

रौतहट । प्रदेश नं. २ का मध्यतराई क्लष्टरमा आबद्ध साकोसहरुबीच सिकाई कार्यशाला सम्पन्न भएको छ । सकंल्प साकोस रौतहटको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सर्लाही, रौतहट र बारा जिल्लाका प्रोवेशनमा आवद्ध मध्य तराई क्लष्टर चौथोका १० वटा साकोसका सञ्चालक समिति, कार्यदल संयोजक र व्यवस्थापकको उपस्थितिमा ११ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला रौतहटको चन्द्रपुरमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता आयोजक सकंल्प साकोसका अध्यक्ष विभु पोख्रेलले गर्नुभएको थियो भने नेफ्स्कून साकोस म्यानेजर्स क्लबका प्रदेश नं. २ का संयोजक रविन्द्र रानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्धता भईसकेपछि साकोस सञ्चालनमा नीति, विधि र प्रविधि प्रयोगलाई जोड दिँदै सुशासित र व्यावसायिक कार्यसञ्चालनमा प्रतिबद्धताका साथ लाग्न सहभागी बक्ताहरुले आग्रह गर्नुभएको थियो । दीगो र संस्थागत विकासका लागि साकोसहरु एकीकरण गर्नुको विकल्प नरहेको साथै बजारमा देखिएको तरलता अभाव, व्याजदर समायोजन र स्थिरीकरण कोष विषयमा कार्यक्रममा चर्चा गरिएको थियो भने कार्यक्रममा आबद्ध साकोसहरुले पुरा गर्नुपर्ने वित्तीय सूचकहरुको विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो ।