चन्द्रनिगाहपुर–रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ वाट क्षेत्रिय प्रतिनिधि हारेका रविनचन्द्र कोइराला लाई पुनः रौतहटबाटै क्षेत्रीय प्रतिनिधि बनाइएको छ ।
चन्द्रपुरबाट प्रतिनिधिमा हारेपछि महामन्त्री शशांक कोइरालाको निर्देशनमा उनलाई वृन्दावन नगरपालिका वडा नम्बर २ बाट क्षेत्रीय प्रतिनिधि बनाइएकोले रौतहटनै विवादित बनेको नेपाली काग्रेंसका निर्वाचित नेताहरुको भनाई रहेको छ । यो षड्यन्त्रमा नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति कृष्णा यादव तथा मतदान अधिकृत दीपक रेग्मीलगायतको संलग्नता रहेको असन्तुष्ट नेता तथा कार्यकर्ताहरूले जानकारी दिएका छन् ।
यसै क्रममा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का नगर सभापति मुकेश गिरी र वडा सभापति कल्याण कार्कीले नेपाली काग्रेंस निर्वाचनको कार्यालय सानेपा काठमाण्डौलाई पुनःनिर्वाचन गरिएको क्षेत्रिय प्रतिनिधि पद खारेज गर्न उजुरी समेत दिईएको बताईएको छ ।
निर्वाचन हारेका कोईरालालाई कसरी क्षेत्रीय प्रतिनिधि बनाईयो ?
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg