चन्द्रपुर वडा नम्बर १ मा नेकपा माओबादी केन्द्रको अधिवेशन सम्पन्न,अध्यक्षमा गोले

383

चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नंम्बर १ मा नेकपा माओबादी केन्द्रको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्रका प्रदेश २ कमिटिका सदस्य तथा सर्लाही बागमती नगरपालिकाका नगरप्रमुख भरत थापाको प्रमुख अतिथियमा वडा कमिटी गठन सम्पन्न गरिएको हो ।
वडा नं–१ मा सुकेन्द्र गोलेको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरिएको छ । त्यसैगरी कमिटिको उपाअध्यक्षमा गोकर्ण सापकोटा, सचिवमा चेत बहादुर खड्का, सह–सचिवमा विशाल मगर, कोषअध्यक्षमा मैया विक र सदस्यहरुमा सुमित्र थिङ लगायत २९ कमिटि सदस्य सर्वसहमत रुपमा चयन भएको कमिटिका अध्यक्ष सुकेन्द्र गोलेले जन सरोकार दैनिकलाई जानकारी दिएका छन् ।
सो कार्याक्रमका सञ्चालक लक्ष्मण न्यौपाने रहेका थिए भने अतिथिहरुमा गणेश राउत, गौतम खड्का,विरख वमजन, दिल बहादुर आले लगाएतका पार्टीका अन्य सक्रिय नेता कार्यकर्ताहरुको साहभागिता रहेको थियो ।