चन्द्रनिगाहपुरमा अभिनेता पल शाह

835

चन्द्रनिगाहपुर–रौहतटको चन्द्रनिगाहपुरमा नेपाली चलचित्रका प्रख्यात अभिनेता तथा मोडल पल शाह छयाङ्कनका लागि आएका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का मोडेल आषिश कुस्वारले आफ्नो नया म्युजिक भिडियो तराईमा छयाङ्कन गर्नका लागि अभिनेता पल शाहलाई चन्द्रनिगाहपुर ल्याएका हुन् ।
आखामा हरास आउछ तिमी सङ हुदा भन्ने बोलको गितको म्युजिक भिडियो छयाङ्कनका लागि अभिनेता शाह तिन दिनका लागि चन्द्रनिगाहपुर आएको सो गितका निर्देशक दिनेश पाख्रिनले जन सरोकार दैनिकलाई जानकारी दिएका छन् ।
उनले रौतहटको चन्द्रपुर नरपालिका वडा नम्बर १ पौराई ब्रह्मस्थानमा मंगलबार छयाङ्कन सम्पन्न गरेको बताएका छन् ।
त्यस्तै भोली बुधबार रौतहटको पर्यटकिय स्थल नुनथर र सर्लाहीको मानवनिर्मित १२१ बिघाको तालमा सो भिडियोको छयाङ्कन गरिने निर्देशक पाख्रिनले बताएका छन् ।
अभिनेता पल शाह अभिनित आखामा हरास आउछ भन्ने बोलको गितमा गायक प्रताप दास र गायिका रचना रिमालले स्वर भरेका छन् ।