रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रौतहटको कटहरियामा सम्बोधन गर्ने जनसभा कार्यक्रमको तयारी तिब्र रुपमा भइरहेको छ । नेकपा माओवादी केन्द्र रौतहटको आयोजनामा मंसिर ४ गते शनिवार कटहरियामा हुने जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् ।

कटहरिया बजारमा हुने कार्यक्रमको तयारी तिब्र पारिएको माओवादी केन्द्रका रौतहट जिल्ला संयोजक युवराज भट्टराई ‘समिर’ ले जानकारी दिएका छन् । जिल्लाको १८ वटै स्थानीय तहमा समिति गठन गरी प्रचार प्रसार र कार्यकर्ता परिचालन गरेको छ । सो कार्यक्रममा अध्यक्ष प्रचण्ड लगाएत केन्द्रीय स्तरका नेताहरुले मुलकको समसामयिक राजनीतिक र पार्टी नेतृत्वका बारेमा जानकारी दिइने छ । कार्तिक २९ गरिको कार्यक्रम अध्यक्ष प्रचण्ड अस्वस्थ्य भए पश्चत उक्त कार्यक्रम मंसिर ४ गतेको लागि सारिएको हो ।