बाग्मतीमा ५ दिने आखा शिविर सम्पन्न

664
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

चन्द्रपुर–सर्लाहीको बाग्मतीमा ५ दिने मोतियाबिन्दुको निशुल्क अप्रेशन सहितको आखा शिविर सम्पन्न गरिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ लायन्स क्लव अफ बाग्मति पौराईको आयोजनामा गत कार्तिक ७ गते देखि ११ गते सम्म सर्लाही र रौतहट दुवै जिल्लाका बिरामीलाई सहज हुनेगरी मोतियाबिन्दुको निशुल्क अप्रेशन सहितको आखा शिविर सम्पन्न गरिएको हो ।
सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर १२ कर्मैया स्थित स्वास्थ्य चौकिमा सम्पन्न मोतियाबिन्दुको निशुल्क अप्रेशन सहितको आखा शिविरमा १३ सय ८५ जनाको चेकजाच गर्दा २ सय ९८ जनाको मोतियाबिन्दुको निशुल्क अप्रेशन गरिएको लायन्स क्लव अफ बाग्मति पौराईको अध्यक्ष गौतम खड्काले जन सरोकार दैनिकलाई जानकारी दिएका छन् ।


सो शिविर संचालन गर्न नेपाल नेत्रज्योति भरतपुर आखा अस्पताल तथा बाग्मती नगरपालिका कार्यालय सर्लाहीले महत्वपुर्ण भुमिका खेलेको अध्यक्ष खड्काको भनाई रहेको छ ।
सो कार्याक्रममा बाग्मती नगरपालिका कार्यालय सर्लाहीका प्रमुख मेयर भरत थापा लगायत बिभिन्न जिल्लाबाट आएका लायन्स क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।