बनबहुअरी चौकीकै बाटो हुँदै काठ तस्करी

417

चन्द्रपुर । जिल्लाको चन्द्रपुर ७ बनबहुअरीमा काठ तस्करी सुरु छ । प्रहरी चौकिकै बाटो हुदै हिजो ३ बजे राती तस्करी गरेर लगिएको काठ आज रङपुर साझेदारीको गस्ति टोलिले फेला पारेपछी काठ तस्करीको रहस्य खुलेको हो । इलाका बन बनबहुअरी र प्रहरी चौकिको मिलेमतोमा स्थानिय आवास मिया मन्सुरीले काठ तस्करी गरिरहेको स्थानीयको आरोप छ । मिया केहि समय अघी वन हेरालुका रुपमा कार्यरत थिए । कोठियार बाट हास,खसी चोरेर खाएको आरोपमा उनलाई दण्द जरिवाना समेत गरिएको थियो । प्रहरी र स्थानियले उनलाई वन कार्यालय आसपास प्रबेश नगर्ने सर्तको कागज समेत गराएर छाडेका थिए तर,फेरि मिया काठ तस्करीमा सम्लग्न भएको स्थानीयको आरोप छ । भङाहामा रहेको उनको दाईको स:मिलमा लान सिङो रुखनै काटिएको छ । प्रहरी चौकि अघि सालको ५ गोलिया बरामद भएपछी प्रहरी र काठ तस्करबिच साठगाठ रहेको स्पष्ट भएको स्थानियको आरोप छ । ड्युटी नगर्ने प्रहरीका कारण चन्द्रपुर ७ मा चोरी समेत बढेको छ ।