गैंडाटारमा स्विमिङ् पुलको शिलान्यास

715

चन्द्रनिगाहपुर–रौहतटको चन्द्रपुर ३ गैंडाटारमा स्विमिङ् पुल बन्ने भएको छ ।
विहिबार एक कार्यक्रमको आयोजना गरी गैंडाटार स्थित तिलेश्वर नाथ सामुदायिक वन क्षेत्र भित्रको खालि जग्गामा स्विमिङ् पुलको शिलान्यास चन्द्रपुर नगारपालिका प्रमुख रामचन्द्र चौधरीले गरेका हुन् ।
नेपाल सरकारको ७ करोडको बजेटमा तिलेश्वर नाथ सामुदायिक वन क्षेत्र भित्र पर्यटकिय स्थल निमार्ण गर्नका लागि स्विमिङ् पुल सहित बिभिन्न संरचनाको निमार्ण हुने तिलेश्वर नाथ सामुदायिक वनका अध्यक्ष राजु धामीले जानकारी दिएका छन् । उनले सो वन क्षेत्रमा पर्यटन भित्र्याउनको लागि फन पार्क,चिडियाखाना,रेष्टुरेन्ट,बगौचा लगायतका संरचनाहरु निमार्ण हुने बताएका छन् । सो शिलान्यास कार्यक्रममा चन्द्रपुर नगरपालिका सामाजिक बिकास शाखा संयोजक सरस्वती खुलाल,सिभिल ईन्जिनियर अमित रिजाल,राम बहादुर घलान,संतोष चौहान लगायतका स्थानिय बासिन्दाहरुको सहभागिता रहेको थियो ।