चन्द्रनिगाहपुरमा नेपाली काग्रेंसको पार्टि प्रवेश कार्यक्रम सम्पन्न

605

चन्द्रनिगाहपुर–पछिल्लो समय रौतहटमा अन्य पार्टि परित्याग गरी नेपाली काग्रेंसमा प्रवेश गर्नेको संख्या बढ्दै जान थालेको छ ।
विहिबार रौतहटको चन्द्रनिगाहपुरमा बिभिन्न पार्टि परित्याग गरी दर्जनौं व्यक्तिहरु नेपाली काग्रेंसका प्रवेश गरेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ चिडियादहमा आयोजित पार्टि प्रवेश कार्यक्रममा बिभिन्न पार्टि परित्याग गरी दर्जनौं व्यक्तिहरु नेपाली काग्रेंसका प्रवेश गरेका हुन् ।


नेपाली काग्रेंस रौहतट क्षेत्र नम्बर ४ का संघिय सांसद देव प्रसाद तिमल्सिनाको हातबाट टिका लगाई बिशेष ईलाका कमिटि चन्द्रनिगाहपुरका २०५८ साल देखि पटक–पटक सचिव भएका नेकपा एमालेका नेता ओष्ट ढुङ्गेल(देवराज) लागायत दर्जनौं व्यक्तिहरु अन्य पार्टि परित्याग गरि नेपाली काग्रेंसमा प्रवेश गरेको बिपी कोईराला अध्ययन प्रतिष्ठान रौतहटका उपसभापति बन्ती कुमार पाण्डे (सुरज)ले जानकारी दिएका छन् । उनले वडा नम्बर ५ का बोम बहादुर कार्कि,सोम बहादुर राई,गोविन्द सुवेदी,भुवन घिमिरे,मन बहादुर राई,श्याम पौडेल,गोपाल कार्की,उमेश पौडेल,राज कुमार राई,भरत पौडेल,नरेन्द्र बिके,अनन्द राई लगायत दर्जनौं व्यक्तिहरु नेपाली काग्रेंसमा प्रवेश गरेको जानकारी दिएका छन् ।


सो कार्यक्रमामा रौतहट क्षेत्र नम्बर ४ (क) का प्रदेश सभा सदस्य धनलाल ठोकर,चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष संजय कुमार काफ्ले,नेपाली काग्रेंसका क्षेत्रिय सचिव बिनोद गुप्ता,नेपाली काग्रेंस रौतहट कार्य समिति सदस्य सुमन गौतम,युवा नेता राजेश बन्जरा लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।