यातायात मजदुर सहकारीको १० औं बार्षिक साधारण सम्पन्न

176

चन्द्रनिगाहपुर–यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं बार्षिक साधारण सभा सहित चुनावी साधारण सभा सम्पन्न गरेको छ ।
सोमबार चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं बार्षिक साधारण सभा सहित चुनावी साधारण सभा सम्पन्न गरेको हो । सो कार्यक्रममा प्रमुख अतिथि रौतहट बचत संघकी जिल्ला अध्यक्ष देवकी नेपालले यस सहकारी संस्थाले सर्वप्रथम मजदुरहरुको जटिल समस्याहरुलाई समाधान गरी अगाडि बढ्न आग्रह गरेकी छिन् । साथै यस संस्थासंग आबद्ध सबै खाले मजदुरहरुलाई बिमा तथा गोलबन्द गरी उनीहरुको हकहितको लागि समन्वय गर्नुपर्ने धारण व्यक्त गरिन् ।
हरी प्रसाईको सभाअध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका सहकारी प्रमुख नसरे आलम,राष्ट्रिय सहकारी बैक चन्द्रपुर शाखाका शाखा प्रमुख रोशन कार्की,प्रदीप शिवाकोटी,ध्रुब अर्याल लगायत संस्थाका कर्मचारी तथा सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त साधारण सभाले भिम बहादुर बिश्वकर्माको अध्यक्षतामा पुन नौ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा टेकमाया लक्ष्मि श्रेष्ठ,सचिवमा नरराज आचार्य,कोषाध्यक्षाम कुल प्रसाद अधिकारी,सदस्यहरुमा बिनोद कुमार बस्नेत,सुरेन्द्र राउत कुर्मी,मान बहादुर खड्का,राजु परियार र नारायण प्रसाद खरेल सर्वसम्मत निर्बाचित भएको संस्थाका अध्यक्ष भिम बहादुर बिश्वकर्माले जानकारी दिएका छन् ।