बलिउडमा फिल्म रिलिज गर्न हानाथाप

48

एजेन्सी–भारतमा महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखदेखि हल खोल्ने निर्णय गरेपछि फिल्मको रिलिज डेट घोषणा गर्न निर्माताबीच हानाथाप सुरु भएको छ ।
आइतवार मात्र दुई दर्जन बढी फिल्मले रिलिज डेट घोषणा गरे ।
शनिवार महाराष्ट्र सरकारले सिनेमा हल खोल्ने निर्णय गर्ने वितिक्कै निर्देशक रोहित शेट्टीले फिल्म सूर्यवंशी तिहारमा रिलिज गर्ने घोषणा गरेका थिए । त्यसपछि त बलिउडमा फिल्मको रिलिज डेट घोषणा गर्न हानाथाप नै सुरु भयो । सम्भवतः अबको एक वर्ष भारतका हलमा फिल्मको अभाव हुने छैन ।
बलिउडलाई उठाउन निर्माताहरुले कराडौंको लगानीमाथि जोखिम मोलेका छन् ।
महाराष्ट्र सरकारले अक्टुबर २२ बाट हल खोल्ने निर्णय गरेपछि आइतवार भारतको ठूलो फिल्म निर्माण कम्पनी यशराजले आफ्नो चार ठूला फिल्मको एकसाथ रिलिज डेट घोषणा ग¥यो । आउदो नोभेम्बर १९ मा बन्टी और बब्ली २, २०२२ को जनवरी २१ मा पृथ्वीराज, २०२२ को फ्रेबुअरी २५ मा जयश भाई जोरदारर २०२२ को मार्च १८ मा शम्शेरा रिलिज गर्ने यशराजको तयारी छ ।
नाडियाडवाला ग्रान्डसनको ब्यानरले पनि आफ्नो प्रोडक्सनका चार फिल्मको रिलिज डेट घोषणा गरेको छ । जसमा तडप डिसेम्बर ३ मा, ८३ यस वर्षको क्रिसमसमा,बच्चन पाण्डे २०२२ को मार्च ४ मा र हिरोपन्थी २००२ को मे ६ मा रिलिज हुनेछ ।
अभिनेता अजय देवगनले पनि आफू अभिनीत तथा निर्देशित फिल्म मेडे लाई २०२२ को अप्रिल २९ मा रिलिज गर्ने भएका छन् ।
त्यस्तै, जर्सीले २०२१ डिसेम्बर ३१, भूलभूलैया २ ले २०२२ मार्च २५, गणपतीले २०२२ डिसेम्बर २३, आदिपुरुषले २०२२ को अगस्ट ११, सत्यमे जयते २ ले २०२१ नोभेम्बर २६, केजिएफ २ ले २०२२ अप्रिल १४, चन्डिगढ करे आशिकीले २०२१ डिसेम्बर १०,राधे श्यामले २०२२ जवनरी १४,विक्रम बेधा को हिन्दी रिमेकले २०२२ सेप्टेम्बर ३० लाई प्रदर्शन मिति घोषणा गरेको छ ।
बलिउडमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुदा नेपालमा भने भागाभगको स्थिति छ ।
प्रदर्शकबाट लगानी सुरक्षित हुने गरी एमजी पाए मात्र निर्माताहरु फिल्म रिलिज गर्न तयार छन् । यसका लागि प्रदर्शकहरु पनि सकारात्मक देखिएका थिए । तर, शनिवारबाट बलिउडका फिल्महरुले भकाभक रिलिज डेट घोषणा गरेपछि हल सञ्चालक र वितरकलाई हाई सन्चो भएको छ ।