फिल्म खेल्दै चर्चित र्यापर भिटेन

211

काठमाण्डौ–नेपाली फिल्ममा गायकहरुको प्रवेश बढ्दो छ । रामकृष्ण ढकालदेखि प्रकाश सपुतसम्मले फिल्ममा अभिनय गरिसकेका छन् । युवापुस्तामाझ चर्चित ¥यापर समिर घिसिङ भिटेन पनि अब फिल्मको नायक बन्ने भएका छन् । बुढासुब्बा डिजिटलले निर्माण गर्न लागेको फिल्म रत्नपार्कमा उनी अनुबन्ध भएका हुन् ।
आइतवार राजधानीमा आयोजित फिल्म डाडाको बर पीपल को ट्रेलर सार्वजनिक कार्यक्रममा बुढासुब्बाका सञ्चालक नवराज गिरीले भिटेनलाई लिएर फिल्म निर्माण गर्न लागेको स्वीकार गरे । तर, उनले पारिश्रमिकको विषयमा भने मुख खोलेनन् । ओटीटी प्लेटफर्म, सिनेमा हल र टेलिभिजनमा रिलिज गर्ने गरी निर्माण हुन लागेको यो फिल्ममा अश्लील शब्दको अत्याधिक प्रयोग हुनेछ ।
रौतहटमा जन्मिएका भिटेन चुरोट नामको गीतबाट चर्चामा आएको थिए । ¥यापर गिरीश खतिवडाले उनलाई आफ्नो ब्लगमा ल्याएपछि भिटेन थप चर्चित भए । अघिल्लो वर्ष उनलाई अश्लिल गीतहरू गाएको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो । उनले युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने ‘बैनी’, लफंगा,चुरोट,हालखबर,कथा जस्ता सन्देशमूलक गीत पनि गाएका छन् ।
डाडाको बर पीपल प्रदर्शनमा आएपछि भिटेनलाई लिएर नया फिल्म निर्माण गर्न लागेको बुढासुब्बाले अब लगातार फिल्म बनाउने सञ्चालक गिरीले बताए । उनले भने फिल्म क्षेत्रलाई चलायमान बनाउन र कन्टेन्ट निकाल्नका लागि बुढासुब्बाले ७ वटा फिल्मको घोषणा गरेको छ । त्यसमध्ये एउटा भिटेनलाई लिएर निर्माण हुनेछ । अब बुढासुब्बाले टि–सिरिज जस्तै आफैंले फिल्म बनाउनेछ ।