चाँदी खोलाले बगाएर एक जनाको मृत्यु

386

चन्द्रपुर। रौतहटको चन्द्रपुर ३ गैंडाटारस्थित चाँदी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । हिजो राती ९ बजे चाँदी खोला तर्ने क्रममा चन्द्रपुर ३ बस्ने हरिबहादुर ठोकरका १४ बर्षीय छोरा सुकराज ठोकरलाई खोलाले बगाएको थियो । उनको शव आज बिहान ७ बजे ३ कि.मि पर फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।