उपभोक्ता मंच नेपाल मकवानपुरको अध्यक्षमा पौडेल

275

नवराज कोईराला

हेटौडा–उपभोक्ता मंच नेपाल मकवानपुर को जिल्ला अध्यक्षमा कुमार पौडेल पुनः सर्व सहमत भएका छन् ।
उपभोक्ता मंच नेपाल का केन्द्रीय महासचिव सत्रुधन प्रसाद देव को प्रमुख आतिथ्य मा भएको चाड पर्व लक्षित अन्तरक्रिया कार्यक्रम तथा जिल्ला भेलाले पौडेलको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा कृष्ण अर्याल,सचिव नबराज कोइराला,सह–सचिव गगां पौडेल,कोषाध्यक्ष सुधीर दाहाल,सदस्यहरूमा बिनोद शर्मा,बिमला थिगं,सुरज कुइकेल,रमेश भन्डारी,लक्ष्मी श्रेष्ठ चुनिएका छन् ।
मंचका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा भएको भेलामा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,पत्रकार महासंघ का मकवानपुर अध्यक्ष मणिराज गौतम लगाएतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम मा सहभागी बाट उठेका उपभोक्ता सम्बन्धित प्रश्न को सहायक प्रमुख जिल्ला अधिकारी अर्याल र मंच का केन्द्रीय महासचिव देवले सहजीकरण गरेका थिए ।