फ्लर्टी चुम्बन गर्ने पुरुष मनपर्छ–मलाईका

74

एजेन्सी–मलाइका अरोडा सोसल मिडियामा आफ्नो पोस्टका कारण चर्चामा आइरहन्छिन् ।
उनका फोटो र भिडियोले धेरैको ध्यान तान्ने गर्छ तर यसपटक उनले एक रियालिटी शोमा दिएको जानकारीका कारण चर्चामा आएकी छिन् । कार्यक्रमकमा उद्घोषक मिलिन्द सोमनले मलाइकालाई त्यस्ता तीनवटा कुरा भन्नुहोस् जसले तपाईंलाई कुनै पुरुषतर्फ आकर्षित गराउछ भनेर सोधे ।
हाल नायक अर्जुन कपुरस“ग सम्बन्धमा रहेकी मलाइकाले भनिन्,मलाई खासमा थोरै रफ (अव्यवस्थित) पुरुष मनपर्छ । मलाई सा“च्चै नै त्यस्तै पुरुष मनपर्छ । चिल्ला होइनन् । भयानक तरिकाले फ्लर्ट गरोस् । मलाई यस्ता पुरुष मनपर्छ जसले राम्रो चुम्बन गर्न सकोस् । यतिमात्रै होइन उनलाईअर्जुनलाई अन्तिम पटक के मेसेज पठाउनुभयो ? भनेर सोधियो । यसमा मलाइकाले लजाउदै भनिन्, आइ लभ यू टु ।
मलाइका र अर्जुन सन् २०१९ देखि सम्बन्धमा छिन् । दुबैको रोमान्सको खबर इन्टरनेटमा निकै भाइरल भइरहन्छ । रोमान्टिक होलिडेदेखि परिवारिक भेटघाटसम्म यी दुईलाई निकै खुसी देख्न सकिन्छ ।