नदीमा डुबेर १ बालकको मृत्यु,एक बेपत्ता

97

गौर । रौतहटको राजदेवी नगरपालिका-९ ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा डुबेर १ जना बालकको मृत्यु भएको छ भने अर्को १ जना बेपत्ता भएका छन । माछा मार्न गएका ४ जना बालकहरु नदीमा नुहाउने क्रममा डुब्न थालेपछि स्थानियले दुई जनाको जिवितै उद्धार गर्न सफल भए भने पानीमा डुबेर १० वर्षीय अवित रामको मृत्यु भएको छ भने १० वर्षका चिन्टु पासवान बेपता भएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।