९० को दशकमा बलिउडकी ५ सुन्दर अभिनेत्री

84

एजेन्सी–बलिउड फिल्म उद्योगमा खास गरेर ९० को दशकमा निकै धमाका मच्चाएका केही अभिनेत्रीहरुले आफ्नो अभिनय मार्फत मात्र नभइ सुन्दरताका कारण पनि दर्शकको मन जिते । तिनै अभिनेत्रीहरुको आज ३० बर्ष पछि उस्तै सुन्दरताको चर्चा छ ।
माधुरी दीक्षित
माधुरीलाई बलिउड फिल्ममा एक सफल अभिनेत्री हुन । मा उनी ५३ वर्षकी भइसकेकी छन् । तर आज पनि उनको सुन्दरताको चर्चा हुने गरेको छ । माधुरीले फिल्म अबोधबाट बलिउडमा डेब्यु गरेकी हुन् । तर उनले फिलम तेजाबबाट सफलता हासिल गरेकी हुन् ।
एश्वेर्या राय
बिश्व सुन्दरी समेत बनिसकेकी एश्वेर्या राय बच्चनको बलिउडमा सबैभन्दा बढी सुन्दरताको चर्चा हुनेगर्छ । उनी सन् १९९७ मा तामिल फिल्म इरुअरबाट अभिनयमा डेब्यु गरेकी हुन् । उनी सन् १९९४ मा मिस वर्ल्र्ड बनेकी थिइन् ।योस“गै एश्वेर्याको फिल्मी यात्रा सफल हुदै गएको हो । बिवाहपछि फिल्मबाट टाढा हुदै गएपनि उनको चर्चामा कुनै कमी छैन ।


काजोल
९० को दशककै अर्की चर्चित अभिनेत्री हुन् काजोल । उनले सन् १९९२ मा फिल्म बेखुदीबाट अभिनय यात्रा सुरु गरेकी हुन् । सुरुवातमा काजोलले आफ्नो लुक्सको कारण धेरै आलोचना खेप्नु गरेको थियो ।


रानी मुखर्जी
२१ मार्च १९७८ मा मुम्बईमा जन्मिएकी रानीको पारिवारिक पृष्ठभूमि फिल्म क्षेत्रकै छ । बुवा राम मुखर्जी फिल्म निर्माता हुन् भने आमा कृष्णा गायिका हुन् ।
रानीले १९९६ मा १८ वर्षको उमेरमा बंगाली फिल्म बेयर पिया बाट डेब्यू गरेकी हुन् उनको पहिलो बलिउड फिल्म भने राजाकी आएगी बारात हो ।


रवीना टन्डन
९० दशकमा आफ्नो अभिनयबाट दर्शकको मनमा बस्न सफल अभिनेत्री हुन् रविना । उनले सन् १९९२ मा रिलिज भएको फिल्म पत्थर के फुलबाट बलिउडमा डेब्यु गरेकी हुन् ।