दाहालकाे संयाेजकत्वमा १०१ सदस्यीय नगर कमिटी गठन

733

चन्द्रपुर / नेकपा एकीकृत समाजवादिकाे चन्द्रपुर नगर भेला भव्यताका साथ शुक्रबार सम्पन्न भएकाे छ ।
जिल्ला कमिटि अध्यक्ष कमल राय यादवकाे अध्यक्षता र केन्द्रीय किमिटि सदस्य तथा प्रदेश नं २ का इन्चार्ज लक्ष्मण पाैडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा संविधान सभा सदस्य रामकुमार भट्टराई ,पूर्व सचिवहरु रजिउदिन अालम,महेन्द्र चाैलागाइ लगायतका पुराना नेताहरुकाे सहभागिता रहेकाे थियाे । सयौं अगुवा कार्यकर्ताकाे सहभागिता रहेकाे साे भेलाले बाबुराम दाहालकाे संयाेजकत्वमा १०१ सदस्यिय नगर कमिटी गठन गरेकाे छ ।