डीआइजीको नाम लिदै पैसा माग्ने महिला पक्राउ,डिआईजी रन्जितकार भन्छ्नःबद्नाम गर्न खोजियो

291

गरुडा–प्रदेश नम्बर २ का डीआइजी उमेश रन्जितकारको नाममा रकम संकलन गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
रौतहटको गरुडा नगरपालिका विर्तामा रहेको नेपाल प्रहरी विद्यालयमा स्थायी जागिर लगाइदिने भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारको नाममा पैसा संकलन गरेको आरोपमा सर्लाही हरिवन नगरपालिका–११ की शुसिला थापा दहाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले पुस्टि गरे ।
पर्सा मणिपुरका उदास कुमार पाण्डेस“ग ६ लाख रुपैंया माग गर्दै प्रहरी स्कुल गरुडामा स्थायी दर्बन्दि कायम गराइदिने भन्दै दहालले पैसा मागेको अडियो सार्वजनिक भएको थियो ।
प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो सार्वजनिक भएपछि थापालाई बिहीबार प्रहरी विद्यालयमा बोलाइएको थियो । फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेपनि डिआइजी रन्जितकारलाई नचिनेको र केहि सम्बन्ध नरहेको बताईन । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी भण्डारीले घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रणमा राखिएको बताउदै ।
इप्रका गरुडामा पत्रकार समक्ष रुदै उनले आफुले गल्ति गरेको बताइन । प्रदेश २ प्रहरी कार्यालयले समेत घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । डिआइजीको नाममा रकम उठाएको बारेमा केही सञ्चारमाध्यमले खबर सम्प्रेषण भएपछी डिआईजी रन्जीत्कार रौतहटको गरुडा आएर चिन्दै नचिनेको मान्छेले आफ्नो नाममा पैसा मागेर बद्नाम गराउन खोजेको बताए । “प्रहरीलाई समेत फसाउने षडयन्त्र भयो,उनले भने ।“ सत्यतथ्य चाडै बाहिर आउछ,बदनाम गराउन खोज्नेहरु कानुनी दायरामा आउछ्न,उनले भने ।“ महिला पक्राउ परेपनि पैसा दिन्छु भन्ने ब्यक्ती पाण्डे भने फरार छन् ।