अध्यक्ष माधव नेपाल शनिवार हेटौंडा आउदै

114

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि शनिबार हेटौंडा आउनु हुने भएको छ ।
एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा लगायत कार्यक्रममा सम्बोधन गर्नका लागि नेता नेपाल हेटौंडामा आउनु हुने भएको हो ।
पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलका अनुसार रोयल पार्टी प्यालेसमा विहान साँढे ११ बजेदेखि हुने भेलाको तयारी पूरा भइसकेको छ ।
भेलामा अध्यक्ष नेपाल, पार्टीका केन्द्रिय सदस्यहरु विरोध खतिवडा, ललित बस्नेत, मुनु सिग्देलले सम्बोधन गर्ने तयारी छ ।
भेला अघि युवाहरुले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, चुुरियामाईबाट मोटर साइकल ¥याली आयोजना गर्ने अध्यक्ष पोख्रेलले जानकारी दिए ।
भेलामा पार्टी जिल्ला कमिटीको सपथ ग्रहणका साथै पार्टी नगर कमिटी घोषणा गरिने एकीकृत समाजवादीले जनाएको छ । यस्तै, अनेमसंघको जिल्ला तथा नगर कमिटिी घोषणाका साथै युवासंघको जिल्ला कमिटीलाई रुपान्तरण गर्ने एकीकृत समाजवादी मकवानपुले जनाएको छ । इच्छुक व्यक्तिलाई भेलाबाटै पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको जनाइएको छ ।