अखिल नेपाल महिला संघ क्रान्तिकारीद्धारा वडा भेला सम्पन्न

263

चन्द्रपुर–अखिल नेपाल महिला संघ क्रान्तिकारीको चन्द्रपुर तथा वृन्दावन नगरपालिका स्थित विभिन्न वडाहरूमा वडा भेला सम्पन्न गरिएको छ ।
बुधबार रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७,१० र वृन्दावन नगरपालिका वडा नम्बर ७ मा वडा भेला सम्पन्न गरिएको हो ।


संगठन निर्माणको गतिलाई दुर्त गतिमा बढाउदै नेकपा माओवादी केन्द्र निकट रहेको अखिल नेपाल महिला संघ क्रान्तिकारीले आफ्नो संगठन निर्माणलाई तीव्रता दिएको छ ।
चन्द्रपुर वडा नम्बर ७ नयाबस्ति स्थित महिला नेतृ देवकी नेपालको प्रमुख अतिथ्यता एवं उमेश सहनीको अध्यक्षतामा सम्पन्न भेला २९ सदस्यीय कमिटी गठन गरिएको जनाईएको छ ।
त्यस्तै संगठन विस्तार अन्तर्गत चन्द्रपुर वडा नम्बर १० बलुवा स्थित लक्ष्मी साहको अध्यक्षतामा ३३ सदस्यीय कमिटी गठन गरिएको प्रमुख अतिथि नेपालले जानकारी दिईन् । त्यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा स्थित देन्वेन्द्र पटेलको प्रमुख अतिथ्यता एवं बिनादेवी पास्वानको अभ्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको
नेकपा माओवादी केन्द्र प्रदेश २ कमिटी सदस्य देबकी नेपालले बताएकी छिन् ।


कार्यक्रमकामा एकराज थापा,सञ्जिप माझी,प्रमिला राना,सर्मिला सुनुवार,कमला ढकाल,गोमा राईलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।