सक्किगोनिमा फर्किए अर्जुन घिमिरे

69

एजेन्सी–लोकप्रिय हास्य टेलिसिरियल सक्किगोनिमा कलाकार अर्जुन घिमिरे(पाडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाडे)लाई हेर्न पाउने भएका छन् ।
बिहीबारको भागदेखि आफू सक्किगो निमा फर्किएको अर्जुनले जानकारी दिए ।बुधबार सुटिङमै रहेका उनले भने, लामो समयको अन्तरपछि अभिनयमा फर्किदैछु । केही फरक गरौं भनेर लागिरहेका छौं ।
अर्जुनकी आमा मस्तिष्क पक्षघातका कारण झण्डै चार महिनादेखि ग्रिनसिटी अस्पतालमा छिन् ।उनको अहिलेसम्म होस आएको छैन ।
आमा बिरामी भएपछि अर्जुन सक्किगोनिमा देखिन छाडेका थिए । हिमालय टेलिभिजनमा हरेक बिहीबार राती ९ बजे प्रसारण हुदै आएको सक्किगोनिमा कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरेको कथा, पटकथा, संवाद र निर्देशन रहदै आएको छ ।