रौतहटमा ५ जनाको कैद माफी

129

गौर । संविधान दिवस २०७८ को अवसरमा जिल्ला कारगार रौतहटमा विभिन्न घटनाको मुद्धामा दोषी ठहर भई जेल कैद भुक्तान गरीरहेका ५ जना कैदी बन्दीहरुले आम माफी पाएका छन । जिल्ला प्रहरी रौतहटका आनुसार माधवनारायण न.पा.-२ लौकाहा बस्ने बर्ष २४ को समसुदिन साई- (सवारी ज्यान मुद्धा )
, सर्लाही बरहथवा न.पा.- ३ बस्ने बर्ष ४८ को राम दास – (कर्तब्य ज्यान मुद्धा ), रौतहट कटहरिया न.पा.-१ बस्ने बर्ष ३२ को रामनारायण दास तत्मा -(कर्तब्य ज्यान मुद्धा ), साबिक जिल्ला सिन्धुली क्यानेश्वर -६ वतन भई हाल जिल्ला रौतहट चन्द्रपुर न.पा.-८ बस्ने बर्ष ४९ को शेरप लो-(कर्तब्य ज्यान मुद्धा )
रौतहटको यमुनामाई गा.पा.-४ बस्ने बर्ष २६ को दिलिप कुमार साह (हा.ह. ख.ख. मुद्धा )को सजाय काटिरहेकाहरुको सजाय माफ गर्दै रिहा गरिएका छन ।