मोटरसाइकल चोर झा पक्राउ

411
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

गौर–गौर नगरपालिका वडा नम्वर ३ बाट विहिवार राति मोटरसाइकल चोरेर लगिरहेको अवस्थामा प्रहरीले एकजना लाई पक्राउ गरेको छ ।
गौर नपा ३ विपी चोक स्थित पेट्रोल पम्पमा पाकिंग गरिएको ना ५२ प १५९८ नम्वरको पल्सर मोटरसाइकल गएराति २ बजेको समयमा चोरेर लगिदै गरेको अवस्थामा डिउटीमा तैनाथ प्रहरीले मोटरसाइकल सहित युवकलाई पक्राउ गरेको हो । यमुनामई गाउ“पालिका वडा नम्वर ५ का १९ बर्षिय रुपक झालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिदै पक्राउ परेका युवक झालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको बताए ।