एजेन्सी–शायदै यस्ता कुनै व्यक्ति होला, जसले अरूबाट कुनै आशा वा अपेक्षा राख्दैन । हरेक व्यक्तिले कसै न कसैबाट कुनै न कुनै कुराको आशा राखेको हुन्छ । हरेक व्यक्तिले परिवारबाट, नानीहरूबाट, साथीबाट, आफन्तबाट कुनै न कुनै आशा गरेको हुन्छ ।
आशा गर्नु एउटा स्वाभाविक गुण हो र केही हदसम्म आशा गर्नु पनि पर्छ । नत्र कुनै आशा बिनाको जिवन रंगीन बन्न पुग्छ ।
तर जब हामी अरूबाट धेरै आशा वा अपेक्षा गर्छाै तब यही कुरा हाम्रो दुखको कारण बन्न पुग्छ ।
जब कसैले हाम्रो अपेगक्षा पुरा गर्छ, तब हामी खुसी महसुस गर्छाै र जब उसले हाम्रो अपेक्षा पुरा गर्दैन तब हामी आफैलाई दुखी महसुस गर्छाै । त्यसैले अरूबाट धेरै आशा पनि गर्नु हुदैन । प्राय निम्न कुराहरूमा अरूबाट बढी आशा नगर्नुहोस् ।
खुसी रहन चाहनु हुन्छ ? यी ६ कुरा कहिल्यै नभुल्नुस्
हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउछन् । यहँ“ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।
१. हसाउने कुराहरु हेर्नुस्
हा“सोले जीवनलाई सहज बनाउछ । हा“सो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाईलाई हसाउने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुदैन यदि त्यसले हसाउछ भने ।
२.बाहिर निस्कनुस्
तपाई गाउ“मा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाई बाहिर निस्कनुस् दुनिया“ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ ।
यदि नजिकै बगैचा वा पार्क छ भने त्यहा“ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।
३.नियमित ब्यायाम गर्नुस्
विहान उठेपछि वा सा“झको समयमा यस्तो केही काम गर्नुस् जसले तपाईको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।
४. शरीरमा मालिस गर्नुस्
समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउछ ।
५ सुगन्धित तेलको प्रयोग गर्नुस्
स्प्रे वा सुगन्धित तेल लगाउने बानीले तपाइलाई स्फुर्त बनाउछ । यसले तपाइको ब्यक्तित्व पनि आकर्षक बनाउछ ।
६. सकारात्मक सोंच
सकारात्मक सोंच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो ।
यदि तपाई खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकुल परिस्थितिमा पनि सुखी राख्छ ।
खुसी रहन यी ६ कुरा कहिल्यै नभुल्नुहोस्
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg