सुरक्षित यौन जीवनका लागि चार सर्त

368
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

एजेन्सी–सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा गर्भ रहनु टाउको दुखाईको विषय बन्छ ।
किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन पिल्स खान सकिन्छ, जसलाई यौन सम्पर्क गरेको ७२ घण्टाभित्र सेवन गरिसक्नुपर्छ । यद्यपी पटक–पटक यस्ता चक्की सेवन गर्न संभव हुदैन, शारीरिक स्वास्थ्यका हिसाबले ।
यदि यौन सम्बन्धपछि तत्काल यस्ता चक्की सेवन गरिएन भने गर्भ रहन सक्छ । गर्भ रहेपछि दुईवटा विकल्प रहन्छ, गर्भ तुहाउने वा सन्तान जन्माउने ।सन्तानको योजना नबनाएको अवस्थामा दुबै काम झन्झटिलो हुन्छ ।गर्भपतन गराउँदा खर्च लाग्छ, स्वास्थ्यलाई उत्तिकै हानी गर्छ । यसले शारीरिक तथा मानसिक रुपमा सताउँछ । यदि दोस्रो विकल्प रोज्ने हो भने पनि योजना बिना सन्तान जन्माउनु र हुर्काउनु त्यती लाभदायक नहुन सक्छ ।
यस्तो अवस्थामा के गर्ने त ? शारीरिक सम्बन्ध राख्दै नराख्ने ? वा कुन समयमा यौन सम्बन्ध राख्दा सुरक्षित होला ?
दम्पतीबीच नियमित रुपमा शारीरिक सम्बन्ध हुनुपर्छ । यसले उनीहरुलाई शारीरिक तथा भावनात्मक रुपमा नजिक ल्याउँछ । यदि दम्पतीबीच शारीरिक सम्बन्ध हुँदैन भने उनीहरुमा केही भावनात्मक समस्या देखापर्न सक्छ । भ्रम र अविश्वास पैदा हुनसक्छ । भ्रम र अविश्वासले दाम्पत्य सम्बन्धलाई सधै धरापमा पार्छ ।
त्यसो भए के गर्ने त ?
यौन सम्बन्ध राख्नुपर्छ, यो प्राकृतिक आवश्यक्ता पनि हो । यौन सम्बन्धका क्रममा केही सावधानी अपनाइयो भने अनिच्छित गर्भ रहनबाट बच्न सकिन्छ ।
बडी क्यालेन्डरको सहयोग
यो तरिका धेरै पुरानो हो । महिनावरी चक्रलाई ध्यानमा राख्नुपर्छ । आप्ः्नो पाठेघरको तरल पदार्थ जा“च गर्न सकिन्छ । यदि ¥याल लचकदार छ भने तपाईंको गर्भ रहन सक्छ । यदि यो चिपचिपा छ भने सम्झनुहोस् कि तपाईंको समय सुरक्षित छ । यो गर्भ रोक्ने सबैभन्दा सस्तो तरिका हो ।
यौन सम्पर्क गरौं तर…
यदि यौन सम्बन्धका क्रममा तपाईंहरु दुबै पेनिट्रेशन (योनीद्वारमा लिंग प्रवेश गराउने) गराउन चाहनुहुन्छ र अनिच्छित गर्भबाट पनि बच्न चाहनुहुन्छ भने कुनै किसिमको गर्भनिरोध प्रयोग गर्नुपर्छ । यदि तपाईं गर्भनिरोध र प्रेग्नेन्सी दुबैबाट बच्न चाहनुहुन्छ भने यौन सम्बन्धको क्रममा हात र मुखको प्रयोग गर्न सक्नुहुन्छ । मुख मैथुन पनि तपाईंहरुको लागि एउटा विकल्प हुनसक्छ । तर, यस क्रममा ध्यान दिनुपर्ने चाहि के भने विर्यलाई योनीको आसपासमा आउन दिनुहुदैन ।
त्यसो त बिना पेनिट्रेशन यौन सम्बन्ध राख्दा गर्भवती हुने संभावना एकदम कम हुन्छ । तर, ध्यान राख्नुपर्ने कुरा, गर्भ रहनका लागि केवल एक स्पर्म नै काफी छ ।
गर्भनिरोधकको प्रयोग
अहिले गर्भनिरोधका अनेक उपाय छन् ।यस्ता उपाय हुदाहुदै असुरक्षित यौन सम्बन्ध बनाउनुको कुनै अर्थ छैन ।
महिलाले गर्भनिरोधक गोली सेवन गर्न सक्छन् ।
कन्डोम प्रयोग गर्न सकिन्छ । अरु किसिमको विकल्प पनि छन् । यद्यपी कन्डोमबाहेकका विकल्प अपनाउदा महिलाको शारीरिक स्वास्थ्यमा केही असर गर्छ कि भनेर ध्यान दिनुपर्छ ।
हुन्न भन्नुपनि एक विकल्प
अक्सर यौनको लागि पुरुष नै अग्रसर हुने गर्छन् । जब पुरुषलाई यौनको इच्छा जाग्छ, तब उनले आफ्नो पार्टनरलाई त्यसका लागि तयार हुन आग्रह गर्छन् ।पुरुषकै विर्य स्खलन भएपछि उनीहरुको यौन सम्बन्ध पुरा हुन्छ ।
यसमा महिलाको उपस्थिती र रुचीलाई त्यती ध्यान दिइदैन । जबकी गर्भ रह्यो भने महिला नै बढी पीडित हुने हो । महिलाले नै बढी मानसिक र शारीरिक समस्या झेल्ने हो ।
यसकारण पार्टनरले असुरक्षित यौन सम्बन्ध बनाउने इच्छा राख्छ भने महिलाले हुन्न भन्न सक्नुपर्छ ।