‘लाजै भयो पत्रकारीता’

645

रौतहटका अग्रज सकृय पत्रकार दाइले यस्तो धारणा राख्नुभयो लाजै भयो, पत्रकारीताबाट सन्यास लिउ जस्तो लाग्न थाल्यो । धेरै संचारकर्मीहरुलाइ रौतहटको पत्रकारीताको अवस्था र स्थितीले चिन्तीत बनाउन थालेको छ ।
कुनैपनि सस्थाको बिधान छ । आचारसंहिता छ । पेसाकर्मीको मर्यादा हुन्छ तर रौतहटमा एकले अर्कोलाइ खुइल्याएर माथी पुग्न खोज्ने, स्वार्थीहरु, राजनिती गर्नेहुन अथवा कर्मचारी हुन तिनीहरुको स्याबासी खाने होडवाजी पत्रकार बिच चल्न थालेको छ ।
आफु आफु बिच बिश्वासको संकट छ । पत्रकारीतामा हार्दिकता हराउदै छ । शंका उपशंकाले जरो गाड्न थालेको छ । सामाजीक उत्थानका बिषयमा बहस भन्दाको म असल की उ खराव भन्नेमा समय खर्च हुन थालेको छ । कटाक्ष मात्रै बहसको बिषय बन्न थालेको छ ।
अघिल्लो कार्यकालमा महासघका पदाधिकारीहरु बिच नै चरम बिवाद भयो । बिवाद उच्च अदालत सम्म पुग्नु दुखद थियो ।

आर्थिक पारदर्शिताका कुरा त्यस बेला पनि उठ्यो । महासंघका सदस्यहरु पक्ष बिपक्षमा उभिए । पत्रकारहरु बिच नै मनमुटाव बढ्यो । मुद्धा अख्तियार सम्म पुयो ।
त्यस बेला पनि महासंघका पदाधिकारी बिच कुरा मिल्दैन थियो । अहिले पनि त्यस्तै रोग सरेको छ ।
बिगतका नराम्रा पक्षहरुलाइ बिर्सेर,कमी कमजोरीहरुलाइ सिकाइको रुपमा लिदै गल्ती सुधारेर अगाडी बढ्ने र रौतहटको पत्रकारीतालाइ मजबुत बनाउने समयमा अहिले पुन आरोप प्रत्यारोपमा अल्झीदा नोक्सानहुने पक्ष भनेको रौतहटकै पत्रकारीता हो ।
पत्रकारहरुको क्षमताबृद्धीको बिषय, नया सदस्यता बितरणमा देखिएको समस्या समाधान, पत्रकारमाथी लागेको आरोप र आक्षेपहरुको बिषयमा किन गम्भिररुपमा छलफल र बहस हुदैन ?
अधिवेशन ताका लोकतान्त्रिक प्रकृया अनुरुप भएका कुराहरु यसबेला मा किन पक्ष बिपक्ष भएर निस्कन्छ ? एक मत भएर संकटको समाधान गर्ने बेलामा किन बिभाजन गर्न खोजिन्छ ?
पत्रकारहरु बिच कै कमजोरीको फाइदा उठाउदै लागुऔषध काण्डमा पत्रकार नै फसाउने योजना षडयन्त्रकारीहरुले बनाएको लाइ नकार्न सकिदैन ।
पत्रकारले नै पत्रकार फसाउन षडयन्त्र गरेको आरोपमा पत्रकार फरार हुनुपर्ने स्थिती आउनु दुर्भाग्यपुर्ण छ । यो बिडम्वना हो । राज्यका जिम्मेवार निकायका पदाधिकारी, राजनैतिककर्मीहरु, जनप्रतिनिधीहरुको नाम यस्ता बिषयको वरीपरी चर्चामा आइरहनु अझ गम्भिर र लाजमर्दो छ ।
घटनाक्रम अझ जटिल छ । कसैलाइ फसाउन , कसैलाइ बचाउन पत्रकारहरुले मोटो रकम लिएको तथा ल्यापटप , मोवाइल स्यावासी वापत पाएको सार्वजनिकरुप मै चर्चामा आउदा समेत महासघले आधिकारीक धारणा राखेको छैन । यो बिषय थप गम्भिर छ । यस बिषयमा पत्रकार महासंघले धारणा सार्वजनिक गर्न ढिला गर्नू हुदैन ।


निस्वार्थ भावले पबित्र सस्था तथा पबित्रकार्य गर्नेलाइ असल उदेश्य राखेर दान, सहयोग गर्नै हुदैन भन्ने छैन । संसारका धेरै सेवामुलक सस्थाहरु, सामाजीक अभियान्ताहरु दान, सहयोगबाट नै संचालनमा छन । तर यो भन्दै गर्दा कसैलाइ सिध्याउन , कसैलाइ फसाउन ,व्यक्तिबिशेषको स्वार्थ पुरागर्न बदनियतपुर्ण उदेश्यले गरीएका लेनदेन , सम्झौता र सहकार्य ‘सुपारी’ लिए जस्तै घातक हुन्छ । लिने, दिने दुवैले सोच्नु पर्दछ ।


राजनिती संग सवैक्षेत्र जोडिएको छ । राजनिती नै मुल निती हो । जलबायूको प्रभावले एउटा ठुलो क्षेत्रफलमा असर पारे जस्तै फोहोरी राजनिती गर्नेले समाजमा धेरै क्षेत्रहरु दुर्गन्धित बनाउदै लैजान सक्छन । राजनितीमा लागेर त्यसो गरीहरेकाहरुका लागी पनि यस्ता कार्यहरु प्रत्यूपादक हुन सक्नेमा शंका छैन । राजनितीमा लागेका सचेत र इमान्दार व्यक्तिहरु पनि यस्ता बिषयहरुमा चनाखो हुन जरुरी छ ।


निजी स्वार्थका लागी दौड्दा सिंगो पत्रकारीता क्षेत्र नै बदनाम हुदैछ । पत्रकारहरु प्रतिको जनबिश्वाश घटेदो छ । आशा घट्दो छ । राजनितीमा लागेका केही व्यक्तीहरु आफ्नो स्वार्थ पुरागर्न बिभिन्न प्रलोभन देखाउदै पत्रकारीता नै धमिलो बनाउने चलखेलमा छन । त्यस्ता तत्वहरुले पत्रकारीतामा गुन लगाउन खोजेको देखाएर गुनको ‘न’ हटाएर पत्रकारको नाकमा दलिरहेको हुनसक्ने बुझ्न ढिला भैसकेको छ ।


आजकल हामीफोहोर अनुहार टांसिएको हुन्छ , एैना पुछ्न थाल्छौ ,फोहोर एैनामा टासिएको हुन्छ , अनुहार पुछीरहेका हुन्छौ । यो भ्रम र सत्य छुट्याउन जरुरी देखिन्छ ।


पछिल्लो घटनाक्रमहरुले रौतहट जिल्लामा पत्रकारीतागर्न सजिलो छैन भन्ने प्रष्ट छ । स्वार्थीहरुको मत मिलेको छ, मन मिलेको छ । गरीखानेहरुले जोखिम महशुस गर्न थालेका छन ।
पत्रकारीताको कम्वल ओडेर नाफाघाटाको खाता राखेर जोडघटाउ गर्नेहरु लाइ सवैले चिन्न , सचेत गराउन जरुरी छ ।
अग्रज पत्रकार,लेखक बिजय कुमार पाण्डे सरले ‘चर्चित पुस्तक खुशीमा लेखेका छन , व्यक्तिगत नाफा नोक्सानको हिसाव कितावगर्न म पत्रकारीतामा आएको थिईन भन्ने चेतनाले मलाइ कहिलै छोडेन । यो चेतनाबोध लाई तपाई स्वाभिमान भन्न सक्नु हुन्छ । घमण्ड भनेपनि हुन्छ । जुन दिन नाफा नोक्सानको हिसाब कितावले मेरो बिचार र वाणिलाइ सकुचन गरेको महसुस हुन्छ ,म पेसाका रूपमा पत्रकारीता त्यागेर कुनै सानोतिनो व्यवासाय गरेर जीवनयापन गर्ने छु ।’

बिस २०५९ सालतिर पत्रकारीताका शुरुवाती दिनहरुमा एक किसिमको उत्साह थियो । पत्रकारीता मै भबिश्य उज्जल देखिएको थियो । पत्रकारीतामा अर्थ अभाव हुन्छ तर पत्रकारीताले जीवनको अर्थ राख्छ भन्ने सोचिन्थ्यो ।
पत्रकारीतागर्न त्यस समय जोखिम थियो । अझ म जस्ता सिकारुलाइ त झन जोखिम थियो । तर उत्साहले सवै जोखिम लाइ सहज बनाउदै लैजान्थ्यो ।

बिजय सर,ले लख्नु भए झै व्यक्तीगत नाफा नोक्सानको हिसाव कितावगर्न पत्रकारीतामा लागेको थिइन भन्ने आज पनि महसुस भइरहन्छ ।
देशमा जनयुद्ध उत्कर्षमा रहेको बेला राज्य र बिद्रोहीपक्ष लाइ सन्तुलनमा राखेर पत्रकारीतागर्न सहज थिएन । त्यस माथी अझ सिकारु पत्रकारलाइ थप जटिलता थियो ।
त्यसताका कहिलै जीवन र पेसाको जोखिमको बारेमा कल्पना गरीएन । त्यस ताका समाचार र मानवजीवन रक्षाका लागी कयौ जोखिम मोलियो । तर सहज भनिएको अहिलेको समयमा कस्ले कति बेला कुन जालझेल बुन्छ भनेर चनाखो हुनपर्ने भएको छ ।


२०६४ सालमा पत्रकार महासंघको सदस्यतालिदा पत्रकारहरुको इतिहास बोकेको गौरवपुर्ण सस्थाको सदस्य भएपछि थप जीम्मेवारी बोध भएको थियो ।
करीव १८ बर्षे पत्रकारीता जीवनमा साना तथा ठुला लगानीका एकदर्जन बाढी संचार माध्यममा समाचार लेख्ने अवसर पाए । त्यहा रहदा कामगर्दा सिकेको ज्ञान र शिपले नै आज यहा सम्म आइपुगेको छु ।


आफ्नै लगानीमा रेडियो , अनलाइन संचालन गरेको पनि बर्षौ बितेको छ । रेडियो , अनलाइनबाट टन्न पैसा कमाइहुन्छ भनेर कहिलै सोचिएन । साधन श्रोतले भ्याए सम्म सहि सुचना र जानकारी दिन सकियोस र संस्था जीवित रहोस भन्ने मात्रै उदेश्य राखेर अगाडी बढीदैछ ।
जीवनयापनका लागी अरु पेसा गरेर पनि आर्थिकआर्जन गर्न सकिन्छ भनेर व्यापार समेत गरीयो । व्यवसायले मेरो पत्रकारीता जीवनमा थोरै भएपनि सहज गरायो ।
परोपकारी पत्रकारीता गर्नुपर्छ भन्ने मान्यतामा रहेर क्षमताले भ्याए सम्म प्रयत्न गर्दै आएको हो । बिपतमा परेका , अफ्ठेरोमा परेकाहरु लाइ समाचार लेखेर पनि सहयोग गरीयो । उनीहरुका समस्या का बारेमा ध्यानाकर्षण गराइयो ।


धमिलो पोखरीलाइ सङ्गलो बनाउने भन्दा पनि धमिलो पानीमा माछा मार्न खोज्ने झुण्डहरुको सोच देखेर आश्चर्यमा छु ।
पत्रकारीतामा देखिएका बिकृतीहरुलाइ सामुहिक छलफल र एकताबाटै समाधान खोज्नुपर्छ भन्ने मान्यता राख्दै आएको पनि छु ।
मैले यो बिचार राख्दै गर्दा कतिपयलाइ आफ्नो कुराले लोक हसाउन हुदैन भन्ने पनि लाग्न सक्छ । आफ्नै खुट्टा बजारेर आफ्नै अनुहारमा हिलो छ्याप्न हुदैन भन्ने पनि निस्केलान तर यति कुरा प्रष्टसंग भन्छु, फोहर लुकाउन खोज्दा झन गनाउन सक्छ, त्यसलाइ व्यवस्थापन नै गर्नु उत्तम बिकल्प हुनआउछ ।


लेखनशैलीमा परिवर्तन गर्ने सोचका साथ अगाडी बढेकाले पनि मैले केहीदिन अघि सामाजीक संजालमा निजी धारणा राखेको थिए । महासंघ रौतहट शाखाबाट अलग बसेर पनि कामगर्न सकिन्छ भन्ने धारणा राखेको हो ।
धेरै सुभेक्षुकहरुले चासो र चिन्ता व्यक्त गर्नुभएको छ । त्यस प्रति म सचेत छु , आभारी पनि छु । धेरै जनाले मलाइ पत्रकारीता नछोड्न आग्रह समेत गर्नुभएको छ ।
संकट र अलमलमा परेको बेला साथ दिने, उचित सल्लाह दिनुहुने प्रति आभारी छु । यहाहरुको सुभेक्षा, साथ र सहयोगले म जुनठाउमा रहन्छु इमान्दारीताका साथ रहने छु, यो बिश्वाश दिलाउन चाहान्छु ।
मान्ने,नमान्ने आ आफ्नो धारणा हुन सक्छ, पछिल्ला दिनहरुमा रौतहटमा पत्रकारहरुको साख खस्कदै गएको नकार्न सकिदैन । पत्रकारीताको गुम्दै गएको साख उकास्न सामुहिक चिन्तन र संकल्प गर्न ढिला भैसकेको छ ।

mahatphani@gmail.com