नक्कली नोट सहित ५ जना पक्राउ

55

चन्द्रनिगाहपुर–नेपाल प्रहरीको सिआईवी टोलीले वारा र रौतहटमा एक साथ छापामारी गरी झण्डै ९३ लाख नक्कली नेपाली नोट सहित ५ जनालाई पक्राउ गरेको छ ।
भारतमा नोट प्रिन्ट गराई नेपालमा सोही नोट ल्याएर कारोबार गर्ने कार्यमा संलग्न रहेको गिरोह सक्रिय रहेको खवर सिआईवीलाई प्राप्त भएपछि सादा पोशाकमा आएका प्रहरीले वारा निजगढ ४ स्थित रहेको तराई इन र रौतहट चन्द्रपुर स्थित ताज होटलमा छापा मारेर ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट नेपाली एक हजारका नक्कली र सक्कली नोट गरी ९३ लाख रुपैया“ बरामद भएको वारा प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कलैया बारामा राखेर थप अनुसन्धान भइरहेको छ ।