क्याम्पस व्यवस्थापन समितिको जालझेल सुरु,चोरबाटो बाट लालकिल्ला बनाउने प्रयास

275

चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा ब्यबस्थापन समितिको निर्णयले सहायक प्रशासन पद स्थापना गरि कर्मचारी भर्ती केन्द्र बनाएको भन्दै स्ववियुको ध्यानाकर्षण भएको छ ।
भदौ २६ गते शनिबार बसेको क्याम्पस ब्यबस्थापन समितिको बैठकले क्याम्पसमा सहायक प्रशासन पदको आवश्यकता परेको भन्दै आवेदन खुल्ला गरेको थियो । आइतबार स्ववियुले क्याम्पस प्रमुख राजन श्रेष्ठलाई पद स्थापना गरि क्याम्पसलाई आर्थिक भार थप्न खोजेको भन्दै ध्यानाकर्षक पत्र बुझाएको छ ।
कोरोना महामारीको चपेटाले क्याम्पसमा आर्थिक संकट भइरहेको अवस्थामा पुन कर्मचारी भर्ती गर्न खोज्नु उपयुक्त नहुने क्याम्पसका स्ववियु सभापति संगम श्रेष्ठले जानकारी दिएका छन् ।
पहिनौ देखि क्याम्पसमा कार्यरत शिक्षकहरुको पारिश्रामिक समेत भुक्तानी गर्न कठिन परिरहेको अबस्थामा थप कर्मचारीको पद स्थापना गरि क्याम्पसलाई कर्मचारी भर्ती गर्ने स्थल बनाउन खोजेको स्ववियुको आरोप रहेको छ ।
तत्काल ब्यबस्थापन समितिले गरेको निर्णय सच्याउन आफुहरुले अनुरोध गरेको सभापति श्रेष्ठले बताएका छन् । यदि सो निर्णय समयमा नै नसच्याएमा भावी दिनमा उत्पन्न हुन सक्ने समस्याको जिम्मेवार समिति नै रहने स्वतन्त्र विद्यार्थी युनियन जनज्योती बहुमुखी क्याम्पसका उप–सभापति गोपाल हुमागाईले जानकारी दिएका छन् ।