राधिकालाई एडल्ट फिल्मको अफर

71

एजेन्सी–बलिउड अभिनेत्री राधिका आप्टे जीवन्त चरित्र र सानदार अभिनय कलाका कारण परिचित छिन् ।
फिल्ममा जुनसुकै चरित्रमा आफूलाई ढाल्न सिपालु मानिने उनले वाह लाइफ हो तो ऐसी फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले पार्च्ड, रक्त चरित्र, शोर इन द सिटी, माँझी द माउन्टम्यान, बदलापुर, हन्टर जस्ता कयौं सानदार फिल्ममा अभिनय गरिसकेकी छन् ।
उनका लागि बलिउडको सफर अत्यन्त कष्टकर थियो । करिअरको सुरुवाती समयमा उनले बलिउडको रंगीन दुनिया“को पछाडि छिपेको फोहोरी खेलको पनि सामना गरेकी थिइन् । हिन्दीपछि मराठी, तमिल, तेलुगु, बंगालीसहित अरु पनि धेरै प्रान्तीय भाषाका फिल्ममा अभिनय गरेकी उनलाई एक समय तमिल फिल्मको छायांकनको क्रममा एक कलाकारले दुर्व्यवहार समेत गरेका थिए ।
एक अन्तर्वार्तामा राधिकाले त्यो क्षण सम्झँदै भनेकी छन्,छायांकनको क्रममा तमिलका एक नाम चलेका कलाकार मेरो नजिक आए र मेरो खुट्टामा काउकुती लगाउन थाले । मैले यो हर्कत सहन सकिनँ र उसलाई बेस्सरी गालामा थप्पड हाने ।
उनले अहल्या र बदलापुर फिल्ममा बोल्ड सिन दिएकी थिइन् । यसपछि आफूलाई एडल्ट फिल्मको अफर आउन थालेको उनले बताएकी छन् ।
यसबारेमा उनले भनेकी छन्,लगातार एडल्ट फिल्मको प्रस्ताव आउन थालेपछि मैले फोन नै बन्द गरेर राख्न बाध्य भएको थिए ।
यसबाट म निकै दुःखी र चिन्तित भएको थिएँँ ।बेला–बखतमा आफ्नो अभिव्यक्तिस“गै बोल्ड सिन र तस्विरका कारण विवादमा घेरिने गरेकी उनले प्याडम्यान, अन्धाधुन, बदलापुर, सेक्रेड गेम्स जस्ता फिल्म र वेब सिरिजबाट निकै वाहवाही बटुलेकी थिइन् ।