माउण्ड एभरेष्टमा तिज विशेष कार्यक्रम सम्पन्न

83

चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित रहेको माउण्ड एभरेष्ट आवासिय माध्यामिक विद्यालयाम तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको छ ।
बुधबार बिद्यालयका प्रबन्ध सञ्चालक उमेश बास्कोटाको सभापतित्वमा तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको हो ।

तिज विशेष कार्यक्रममा लोक गीत तथा नृत्यका कार्यक्रम गर्नुका साथै दर खाने कार्यक्रम पनि सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक अच्युत हुमगाइले जानकारी दिएका छन् ।कार्यक्रममा तिजको महत्व र पौराणिक मान्यताका सम्बन्म उमेश बास्कोटाले प्रकाश परेका थिए भने हाम्रो परम्परा र संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको प्रधानाध्यापक हुमगाइले बताएका थिए ।