प्रदेश २ मा पहिलो जिपलाईन संचालनको तयारीःअध्यक्ष खड्का

775

बाग्मति ईन्टरटेनमेण्ट प्रा.लिका अध्यक्ष,नेकपा माओबादी केन्द्र चन्द्रपुर नगर कमिटीका सदस्य,लायन्स क्लव अफ बाग्मती पौराईका चार्टर प्रेसिडेन्ट एबं युवा व्यवसायी गौतम खड्का संग समसमायिक बिषयमा जन सरोकार दैनिकले लिएको अन्र्तवार्ता –

गौतम सर आजकल केमा व्यस्त हुनुहुन्छ ?
– आजकल आफ्नै ठाउ“ पौराईमा नेकपा माओवादी केन्द्रको गा“उ कमिटी गठनमा कार्यमा व्यस्त रहेको छु । लायन्स क्लव बाग्मति पौराईका चार्टर प्रेसिडेन्ट भएको हिसावले कोभिड–१९ माहामारीको सचेतना अभियानमा जुटेको छु साथै आफ्नो व्यवसायलाई पनि समय दिएको छु ।
राजनिती बाहेक हजुरले व्यवसायलाई कत्तिको समय दिनुहुन्छ त ?
–श्रमबिनाको राजनिती सफल हुदैन होला भन्ने मेरो ठम्याई छ । राजनितिमा लागेर व्यवसायलाई कुनै असर परेको छैन् । मेरो व्यवसायहरु आफ्नै प्रणालीमा संचालन भएकै छ, यसो बेलाबेलामा गएर अनुगमन गर्ने गरेको र बिस्वासिला कर्मचारी भएको हुनाले ढुक्क छु ।
व्यवसाय र राजनितीसंग सम्बन्धित भएपनि पछिल्लो समय लायन्स क्लवमा कसरी जोडिनु भयो ?
– म व्यवसाय र राजनितीमा जोडिएको थिए तर पछिल्लो समय लायन्स क्लवको सिद्धान्त र धारणले मन छोयो ।
विशुद्ध समाजसेवामा आफुलाई समर्पित गर्ने मौका पाए । व्यवसाय र राजनितीले आ–आफ्नो ठाउ“मा घाटा नाफा भएपनि लायन्स क्वल विश्वमै परोपकारी संस्था भएकोले यस संस्थालाई समय दिदा आत्मा सन्तुष्टि मिल्ने गरेको छ ।
बाग्मती ईन्टरटेनमेण्ट प्रा.लिका अध्यक्ष हुनुहुन्छ यस प्रा.लि संग सम्बन्धित कुन–कुन व्यवसाय संचालन गर्नुभएको छ ?
– म बाग्मति ईन्टरटेनमेण्ट प्रा.लिका अध्यक्ष हुदै गर्दा बिगत ४ बर्ष देखि चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित धार्मिक पर्यटकीय स्थल नुनथर बाग्मति नदिमा मोटरबोट,पाईडल बोट संचालन गर्दै आएको छ । हालैमा संचालनमा आएको बाग्मती नगरपालिका वडा नम्बर १२ र ४ मा पर्ने १२१ बिघा जमिनमा बनाईएको मानव निर्मित भरत तालमा नेपालकै पहिलो ३५ सिटे जेटबोट,मोटरबोट,पाईडल बोट संचालनमा आएको छ ।
आगामी दिनमा नुनथर क्षेत्र र भरत तालमा बाटर पाराग्लाईडिङ संचालन गर्ने तयारी भईरहेको छ । साथै निकट भबिष्यमै नुनथर क्षेत्र देखि बाग्मती नगरपालिकामा निर्मणधिन फनपार्कमा जिपलाईन संचालन गर्ने तयारी द्रुत गतिमा भईरहेको छ ।
नुनथर क्षेत्रमा जिपलाईन संचालन भएपछि जिपलाईनले बह्य पर्यटन भित्रयाउन कतिको भुमिका खेल्छ त ?
–जिपलाईन यस प्रदेश कै पहिलो तथा साहसीक खेल भएको हुनाले आन्तरीक देखि लिएर छिमेकी मुलुक भारतको बिहार राज्यका बाह्य पर्यटकलाई आर्कषीत गर्न सफल हुनेमा आशाबादी रहेका छौ ।
बाग्मति डिपार्टमेण्ट स्टोर पनि संचालन गर्नुभएको छ,त्यस व्यवसायबाट कस्तो प्रतिक्रीया पाउनुभएको छ ।
– बाग्मति डिपार्टमेण्ट स्टोर संचलान गर्ने योजनाका बारेमा बिभिन्न क्षेत्रका साथिभाई आफ्न्तहरु संग सल्लाह लिदै गर्दा मलाई सो व्यवसायमा हौसला दिने कोहि नभएपनि मैले आफ्नै द्रृढ अडानमा संचालन गरेको थिए ।
बिगत २ बर्ष देखि लकडाउनका कारण व्यवसायमा सामान्य समस्या आएपनि हालैको कोरोना कहर केहि मन्थर हुदै गएको हुनाले व्यवसायबाट सन्तुष्टी मिलेको छ ।
तपाईले संचालन गरेको व्यवसायहरुमा अनुमानीत कति सम्म लगानी लगाउनु भएको छ साथै कति जना रोजगार पाएका छन् ?

– हाल सम्म सम्पुर्ण व्यवसायमा बिभिन्न बित्तिय संस्थाहरु मार्फत लगभग ३ करोड बराबराको लगानि भईसकेको र आवश्यक्ता अनुसार लगानि बढाउदै जाने योजना रहेको छ । उक्त व्यवसायहरु संचालनमा आएपछि प्रत्यक्ष रुपमा एक दर्जन भन्दा बढि स्थानियले रोजगारी पाएका छन् । भने अप्रत्यक्ष रुपमा समेत रोजगारी सृजना भएको छ ।
तपाई नेकपा माओवादी केन्द्रको चन्द्रपुर नगर कमिट सदस्य हुदै गर्दा वडा नम्बर १ मा पार्टिको अवस्था कस्तो रहेको छ ?
–गएको स्थानिय निर्बाचनको चुनावमा नेकपा माओबादी पराजित भएपनि अव आउने चुनावमा हामी पार्टिलाई बिजयी बनाउन दिनरात लागिपरेका छौ । समग्र पौराई लगायत चन्द्रपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रको अबस्था बलियो रहेको छ ।
अन्तमा यस पत्रिकाको माध्यमबाट भन्नै पर्ने केहि छुटेका कुराहरु भए भन्नसक्नु हुन्छ ?
– अन्तमा भन्नैपर्ने त खासै केहिछैन् । मोटामोटि माथि सम्पुर्ण कुराहरु आईसकेको छ । अन्तवार्ताको समय मिलाएर मेरो भनाईहरु राख्ने अवशर दिनुभएकोमा जन सरोकार दैनिक परिवारलाई हार्दिक धन्यबाद दिन चाहान्छु ।