अक्षयको आमा अरुणाको निधन

81

एजेन्सी–बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन् । आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु ।
मेरी आका अरुणा भाटिया बुधबार बिहान यो संसारलाई आरामस“ग छोडेर कुनै दोश्रो दुनिया“मा मेरो पितास“ग मिल्न पुगेकी छिन् । म तपाईहरु सबैको प्रार्थनाको उच्च सम्मान गर्दछु । ओम शान्ती ।
अक्षयको जन्मदिन सेप्टेम्बर ९ तारिखमा हो । अक्षयको जन्मदिन भन्दा एक दिन अगाडि उनकी आमाको निधन भएको छ । अरुणालाई ६ दिनसम्म आइसीयूमा भर्ना गरिएको थियो । आमाको स्वास्थ्य अवस्था विग्रिएपछि अक्षय बेलायतबाट चलचित्र सिन्ड्रेलाको छायांकन छाडेर भारत फर्किएका थिए ।
अक्षयकी आमाको निधनमा बलिउडका कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
अक्षयले आमाको निधनपछि पनि चलचित्रको छायांकन नरोक्न निर्मातालाई आग्रह गरेका छन् ।आफू आवश्यक नहुने दृश्यको छायांकन जारी राख्न उनले निर्मातालाई आग्रह गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अक्षयको साथमा ९ वटा प्रोजेक्ट छ । जसमा ८ वटा चलचित्र र एउटा वेव सिरिज छ ।