लायन्स क्लव अफ बाग्मती पौराईको सपथ ग्रहण कार्यक्रम सम्पन्न

122

चन्द्रपुर–लायन्स क्लव अफ बाग्मती पौराईले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार गौतम होटल चन्द्रनिगाहपुरमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव अफ बाग्मती पौराईले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रम मार्फत लायन्स क्लव अफ बाग्मती पौराईले आफ्नो २७ जना सदस्यहरुलाई सपथ ग्रहण गराएको लायन्स क्लव अफ बाग्मती पौराईका प्रेसिडेन्ट गौतम खड्काले जानकारी दिएका छन् । उनले पछिल्लो समय लायन्स क्लव अफ बाग्मती पौराईले शिक्षा,स्वास्थ्य तथा सरसफाईका कार्यक्रमहरुलाई बिशेष जोड दिएको जानकारी गराएका छन् ।
सो सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि गभर्नर लायन्स केसव पाण्डे ,बिशिष्ट अतिथीमा चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण सिन्देल,लगायत लायन्स खड्क बहादुर तामाङ,लायन्स बिनोद गुप्ता,लायन्स बाशुु अधिकारी,लायन्स गोपाल घिमिरे,लायन्स लक्ष्मण न्योपाने लगायत बिभिन्न पदका बिषेश व्यतिmहरुको सहभागिता रहेको खड्काले जानकारी दिएका छन् ।