रौतहटमा पत्रकारका दुस्मन पत्रकारः घुमुवाको आडमा सोझा पत्रकार फसाउने षड्यन्त्र

201

गौर–रौतहटमा पत्रकार फसाउन पत्रकारनै लागेको पुस्टि भएको छ ।
आजतक नेपाल अनलाईन संचालक सन्जय सहनीले रौतहट एक्स्प्रेस अनलाईन संचालक मोहम्मद मोजिबुल्लाहलाई लागु औषध मुद्दामा फसाउन घुमुवा प्रहरीको सहायता लिएको पत्रकार सम्मेलन मार्फत रौतहट प्रहरीले जानकारी दिएको छ ।
गत साउन ३२ गते लागु औषध नाईट्राभेट ट्याबलेट १०५ थान मोटरसाईकलमा राखिएको अवस्थामा प्रहरीद्वारा मोजिबुल्लाह र शेख अतिउल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह–सचिव समेत रहेका संजय सहनीद्वारा जिल्ला रौतहट माधवनारायण न.पा.वडा नं. १ वस्ने वर्ष २४ को धिरज यादव र जिल्ला सर्लाही रामनगर गाउ“पालिका वडा नं.१ बहुअर्वा वस्ने वर्ष २३ को जितेश कुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढने बीआर,३० एस–१८८७ नम्बरको मोटरसाईकलमा राख्न लगाई प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

सहनीले लागु औषध नाईट्रभेट राख्न धिरज यादव र जितेश कुमार यादवलाई प्रयोग गरेर आफ्नै सहकर्मी फसाउने षड्यन्त्र आजतक नेपाल अनलाइनको अफिसमा बसेर बनाएको र आफैले लागुऔषध ल्याएर मोजिबुल्लाहको मोटरसाइकलमा राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अपराधिक षडयन्त्र लागु औषध मुद्धामा सम्मानित जिल्ला अदालतबाट दिन ०७ को मिलान म्याद लिई तथा गैर व्यवसायीक कार्य गर्ने असई उदय प्रसाद यादव र प्र.ज.मनोज साह कानुलाई निलम्बन गरी संलग्नता बारे थप अनुसन्धान भईरहेको जनाएको छ भने आफ्नै सहकर्मी फसाउन खोज्ने सहनीको खोजिकार्य भइ रहेको प्रहरीले जनाएको छ ।
सहनी निलम्बित सान्सद प्रभु साह निकट अनलाइन संचालक हुन् ।