यौन सम्बन्ध राख्न नमानेपछि कुटपिट

347

गरुडा–यौन सम्बन्ध राख्न नमानेपछि एक महिलामाथी निर्घात कुटपिट भएको छ ।
रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ६ पोठियाहीका एक महिलालाई सोही टोलका एक पुरुषको यौन सम्बन्ध राख्न अस्वीकार गरेको भन्दै कुटपिट गरेको हो ।
पोठियाहीका २७ वर्षिय सिकेन्द्र यादवले सोही स्थानका ३० वर्षिया महिला मोदिना खातुनलाई कुटपिट गरेका हुन् ।
वैदेशीक रोजगारीको सिलसिलामा श्रीमान रहेको मौका छोपेर यादवले ति महिलालाई आफुस“ग यौन सम्बन्ध राख्न प्रस्ताव गरेको थियो तर खातुनले सो प्रस्तावलाई अस्वीकार गर्दै आएका थिए । सिकेन्द्रले आफुलाई फोनमा पटक–पटक यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको र उक्त प्रस्ताव अस्वीकार गर्दा घरमै आएर कुटपिट गरेको ती महिलाले बताईन् ।कुटपिटका कारण महिलाको शरीरको विभिन्न भागमा चोटपटक लागेको र कुटपिटबाट घाइते भएकी महिलाको गरुडा स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।
कुटपिटपछि खातुनले न्याय माग्दै प्रहरीमा उजुरी दिएकी छिन् । घटनाको पुष्टि गर्दै आरोपितको खोजतलास तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् ।