इतिहासकै सफल निर्देशक दीपाश्री

70

एजेन्सी–नेपाली फिल्म इतिहासमा सबैभन्दा सफल फिल्म छक्का पञ्जा सिरिज हो ।
यसका तीनवटै सिरिजले कमाइमा नया“ रेकर्ड बनाएको थियो । नेपाली फिल्मले घरेलु बजारमै यतिसम्म कमाई गर्न सक्छ भन्ने उदाहरण पेश गरेको यो फिल्मका तीनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

यसअर्थमा उनलाई नेपाली फिल्म इतिहासकै सबैभन्दा सफल निर्देशक मान्न सकिन्छ । प्रविधिको विकासस“गै टेलिश्रृंखलाप्रति दर्शकको रुची घटेपछि दीपा र दीपकराजले तीतो सत्य सदाका लागि बन्द गरेर पहिलो पटक फिल्म ६ एकान ६ निर्माण गरे । यो जोडीको पहिलो प्रयास नै सफल भयो । त्यसता यो टिमले फिल्म क्षेत्रमा आफ्नो प्रभुत्व जमाएको छ । छक्का पञ्जा सिरिजको सफलतापछि दीपक–दीपाको समुह फिल्म क्षेत्रकै सबैभन्दा शक्तिशाली टिम बनेको छ ।