प्रावि निजी बिद्यालयको हितको लागि समुह गठन,अध्यक्षमा सुर्य बहादुर थापा

361

चन्द्रनिगाहपुर–रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा निजी बिद्यालयहरुको हितको लागि समुह गठन भएको छ ।
शनिबार एक कार्यक्रमकको आयेजना गरी प्रा.वि स्तरका निजी बिद्यालयहरुको हितको लागि नेशनल एसोसिएसन अफ एजुकेशन ट्रष्ट स्कुल समुह गठन भएको हो ।
शनिबार १८ वटा प्रवि स्तरका निजी बिद्यालयहरुको सामुहिक भेलाबाट सुर्योदय एकेडेमीका संचालक सुर्य बहादुर थापाको अध्यक्षतामा १८ सदस्य कार्य समिति चयन गरियो ।
सो समितीका उपाध्यक्षमा सुरेन्द्र चौधरी,सचिवमा बिजय चौधरी,सह–सचिवमा सत्रुधन महतो,कोषाध्यक्षमा सुवाई चौधरी,सदस्यहरुमा सपुत बहादुर कार्की,प्रदिप बस्नेत,उदय कुमार सिंह,जितेन्द्र कुमार चौधरी,दलबहादुर घिसिङ,दिनेश चौधरी,राजकिसोर साह,बेदनाथ हुमागाई,बिनय चौधरी,जुनैद आलम,बसन्ती खड्का,श्रृजना लम्साल,रेशम बहादुर थिङ चयन भएका छन् ।
सो समितिका अध्यक्ष थापाका अनुसार कोभिड–१९ का कारण समस्यामा परेका प्रावि बिद्यालयहरुको आर्थिक तथा भौतिक परिस्थितीलाई मध्यनजर गर्दै मासिक रुपमा लेवी संकलन गरी अफ्ठयारोमा परेका प्रावि बिद्यालयहरुलाई लगानी गर्नै उदे्श्यका साथ समुह गठन गरिएको बताएका छन् ।
यस समितिमा रहेका १८ वटा बिद्यालय बाहेक अन्य रौतहट जिल्लाका निजी प्रावि बिद्यालयहरुलाई समावेश गरी अगाडि बढ्ने अध्यक्ष थापाले जानकारी दिएका छन् ।