बोल्ड अदितीको १६ लाख फलोअर्स

278
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

एजेन्सी–नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।
उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् । चलचित्र बाबरी क्याफेको छायांकनका लागि केही महिना अगाडि नेपाल आएकी उनी हाल मुम्बइमा छिन् ।कोरोनाको दोश्रो लहरका कारण चलचित्रको छायांकन रोकियो ।

यसपछि, अदिती मुम्बई पुगिन् ।
मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउदै गरेकी अदितीको तस्वीर सार्वजनिक भएको छ ।
उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा उनी कालो विकिनीमा देखिएकी छिन् ।अदितीको यी तस्वीरमा १ लाख ७५ हजार भन्दा बढी लाइक आएको छ । चलचित्रमा सफ्ट भूमिकामा देखिएपनि अदिती इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।