उच्च माग भएका अभिनेता अक्षय

449
https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg

एजेन्सी–पछिल्लो समय बलिउडमा उच्च माग भएका अभिनेता हुन्, अक्षय कुमार ।
हरेक जनराका फिल्ममा आफूलाई सशक्त रुपमा प्रस्तुत गर्दै आएका उनी कोरोना महामारीभन्दा अगाडि एक वर्षमै ४ देखि ५ वटासम्म फिल्मको छायांकन भ्याउथे ।
कोरोना महामारीपछि पनि यो क्रम रोकिएको छैन । कोभिड १९ सुरु भएयता मात्र उनले ५ वटा फिल्मको छायांकन गरिसकेका छन् ।
२०२० मा कोरोनाका कारण भएको लकडाउन अन्त्यपछि अक्षयले फिल्मको छायांकन सुरु गरेका थिए । सबैभन्दा पहिला बेल बटम, त्यसपछि बच्चन पान्डे र अतंरगी रे को छायांकन भ्याएका उनी अहिले पृथ्वीराजको छायांकनमा व्यस्त छन् । त्यस्तै, उनको मुख्य भूमिका रहने फिल्म रक्षाबन्धन पनि यतिबेला फ्लोरमा छ । आउदो हप्ता बेल बटम सिनेमा हलमा रिलिज हुदैछ ।
उनले एक अन्तर्वार्तामा भनेका छन्, यदी मलाई राम्रो स्क्रिप्टबाट अफर आउछ भने म फिल्ममा काम गर्न तयार हुन्छु ।
म राम्रो स्क्रिप्ट कदापी गुमाउन चाहन्नँ । मलाई थाहा छ कि कुनै पनि निर्माताले कुनै कलाकारका लागि प्रतिक्षा गर्न चाहदैन । विषेशगरी, ओटीटीको यो समयमा आफ्नो स्टार पावर देखाउन बन्द गर्नुपर्छ । स्टार पावर भन्ने केही हुदैन । सबै स्क्रिप्टमा निर्भर गर्छ ।