अभिनेता एनटीआरले किने ३ करोड १६ लाखको कार

189

एजेन्सी–दक्षिण भारतीय फिल्मका सुपरस्टार जुनियर एनटीआरले नया कार किनेका छन् । अभिनयमार्फत करौडौं समर्थकहरुको मन जितेका एनटीआरले भर्खरै नया आरामदायी कार किनेका हुन् ।
ल्याबोर्घिनी युरुस ग्राफाइट क्याप्सुल उनले किनेको कारको नाम हो । समाचारमा उल्लेख गरिएअनुसार उनले उक्त कार ३ करोड १६ लाख भारुमा किनेका हुन्। देशको पहिलो ल्याबोर्घिनीले हैदराबादमा आफ्नो घर फेला पारेको छ । यो गाडी जुनियर एनटीआरको ग्यारेजमा राखिनेछ । डेलिभरी हुनुपूर्वको एक तस्वीर, अटोमोबिलिएरडेन्टले इन्स्टाग्राममा लेखेको छ ।
उक्त पोस्टलाई एनटीआरका पब्लिसिस्ट महेश कोनेरुले पनि शेयर गरेका छन् । भारतमा लिमिडेट एडिशन मोडलको यो कारको मूल्य ३ करो १६ लाख रहेको बताइएको छ । जुनियर एनटीआर हाल आरआरआर को सुटिङमा व्यस्त छन् ।