माधव नेपालको नया पार्टी–नेकपा एमाले समाजवादी

189

काठमाण्डौ–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएस“गै नया“ दल दर्ता गर्ने तयारी गरेको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ ।
यद्यपि राष्ट्रपतिले प्रमाणीकरण गर्न बा“की छ । राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नया“ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ ।
नेताहरुका अनुसार नया“ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ ।
अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला । नया“ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरु पदाधिकारीबारछलफल नै भएको छैन ।