प्रदेश २ का नया प्रदेश प्रमुखमा मिश्र नियुक्त

110

जनकपुरधाम–शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई बर्खास्त गर्दै सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको हो ।
हरिशंकर मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन् । नेपाली का“ग्रेसका महोत्तरी जिल्लाका नेता पूर्व सांसद मिश्रको जन्म महोत्तरीको पिपरा गाउ“पालिकामा २००२ सालमा भएको थियो । ५९ वर्षदेखि राजनीतिमा सक्रिय रहेका मिश्र विपी कोइरालाका समकक्षीसमेत रहेका का“ग्रेस नेता रामनारायण मिश्रका छोरा हुन् । रामनारायण मिश्र वीपीले ०१६ सालमा नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री थिए ।
राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि रामनारायण मिश्रलाई समेत वीपीस“गै सुन्दरीजल कारागारमा बन्दी बनाएर राखिएको थियो । बुबा जेलमा परेपछि हरिशंकर मिश्रले ०१९ सालबाट राजनीति आरम्भ गरेका हुन् ।
बुबा रामनारायण मिश्रलाई जेल हालिएपछि आफू प्रजातन्त्रका लागि भएको संघर्षमा होमिएको नवनियुक्त प्रदेश प्रमुख हरिशंकर बताउछन् । उनले भने,बुबा जेलमा परेपछि आन्दोलन शिथिल हुने र पिपरा गाउ“कै लागि चुनौती हुने भएकाले आन्दोलनलाई अगाडि बढाउन म आफै बुबाको पथमा लागेँ ।
हरिशंकर मिश्रले प्रजातन्त्र दिवसकै अवसरमा आन्दोलनको झण्डा बोकेका थिए । त्यतिबेला उनी कक्षा ९ मा अध्ययनरत थिए । आन्दोलनमा लागेको भन्दै हरिशंकरलाई पनि पक्राउ गरेर महोत्तरीस्थित जलेश्वर कारागारमा बन्दी बनाइएको थियो ।