https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
काठमाडौ । प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजलाई सरकारले हटाएको छ । आज साेमवार बिहानको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अहिराजलाई हटाएर महोत्तरीका हरिशङ्कर मिश्रलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
अब मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुहुनेछ । सरकारले प्रदेश प्रमुखका लागि नियुक्त गरेकाे हरिशङ्कर मिश्र नेपाली कांग्रेसका पूर्वनेता हुनुहुन्छ । उहाँ प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका रामनारायण मिश्रका छोरा हुनुहुन्छ ।